neapl investment mega bank
  • गृहपृष्ठ
  • इन्टर मिलान शीर्ष स्थानमा ,मार्टिनेजले गरे दुई गोल

इन्टर मिलान शीर्ष स्थानमा ,मार्टिनेजले गरे दुई गोल

Dec 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२७ मङ्सिर
इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलाले काग्लियारीलाई ४-० गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे भने एलेक्सिस सान्चेज र हाकन काल्हानोग्लुले एक-एक गोल गरे ।

खेलको २९ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ६६ औं मिनेटमा हाकन काल्हानोग्लुले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ६८ औं लाउटारो मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसंगै इन्टर मिलानले १७ खेलबाट ४० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित काग्लियारीको १७ खेलबाट दश अंक छ र १९ औं स्थानमा छ ।