आधारभूमि संवाददाता
काठमाडौं,२७ मङ्सिर
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।
खेलको १२ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।
जितसंगै पीएसजीले १८ खेलबाट ४५ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित मोनाकोको १८ खेलबाट २६ अंक छ र आठौं स्थानमा छ ।