neapl investment mega bank

सानिमा बैंक अब काठमाडौंको बलम्बुमा

Dec 12th, 2021

काठमाडौ, मंसिर २६
सानिमा बैंक लिमिटेडले आईतबार देखि काठमाडौंको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुुन ।

समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा ११८ कार्यालयर ९७ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।