neapl investment mega bank
  • गृहपृष्ठ
  • ४७ सय प्रतिनिधिले भोलि छान्दैछन् १३४ कार्यसमिति सदस्य

४७ सय प्रतिनिधिले भोलि छान्दैछन् १३४ कार्यसमिति सदस्य

Dec 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ २६ मंसिर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भोलि सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयन हुनेछन् । शुक्रबारदेखि सुरु भएको १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

का लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।