neapl investment mega bank
  • गृहपृष्ठ
  • लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स्बिच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स्बिच डिजिटल कारोबार सम्झौता

Dec 12th, 2021

काठमाडौ, मंसिर २६
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी रनेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गरेका हुुन ।

बैकले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिकएवं नविनतमप्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।