neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिसतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिसतसम्म छुट

Dec 12th, 2021

काठमाडौ, मंसिर २६
बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिसतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पश्चात् ग्राहकहरुले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिसत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिसत छुट पाउनेछन । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डूले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।