neapl investment mega bank
  • गृहपृष्ठ
  • आइतबार थप २५४ जनामा कोरोना सङ्क्रमण, २३४ जना डिस्चार्ज,एक को मृत्यु

आइतबार थप २५४ जनामा कोरोना सङ्क्रमण, २३४ जना डिस्चार्ज,एक को मृत्यु

Dec 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मङ्सिर २६

आइतबार थप २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ६८२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार २२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ६८२ जनाको परीक्षण भएको छ । हालसम्म ४७ लाख १४ हजार ७७८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २३४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २३४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख छ हजार ७७८ पुगेको छ ।

थप एक को मृत्यु

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५५४ पुगेको छ।