neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्छ, सभापतिका उम्मेदवार डा. शेखर कोइराला

आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्छ, सभापतिका उम्मेदवार डा. शेखर कोइराला

Dec 12th, 2021

काठमाडौ, मंसिर २६
नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन ।

महाधिवेशनमा संस्थापन इत्तर समुहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार विहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढि मत ल्याएर जित हासिल हुने बताएका हुन । उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशिल कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे ।

कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन । उनले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।