आधारभूमि संवाददाता
काठमाडौं,२६ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले विजयि गोल गरे।स्टर्लिङले दोस्रो हाफको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्।यस गोलसंगै रहिम स्टर्लिङले प्रिमियर लिगमा आफ्नो १०० औं गोल पूरा गरे ।
पहिलो हाफको इन्जुरी समयमा उल्भ्स १० खेलाडीमा समेटिएको थियो ।उल्भ्सका राउल जिमेनेजले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा सिटीले उठायो ।
जितसंगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३८ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित उल्भ्सको १६ खेलबाट २१ अंक छ र तालिकाको आठौं स्थानमा छ ।