neapl investment mega bank

मेन्जमाथि बायर्नको पुनरागमन जित

Dec 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२६ मङ्सिर
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले मेन्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्न म्युनिखलाई जित किंग्सले कोमन र जमाल मुसियालाले एक-एक गोल गरे। मेन्जका करिम ओनिसिवोले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने मेन्जले लिएको थियो। खेलको २२ औँ मिनेटमा मेन्जका करिम ओनिसिवोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ५३ औँ मिनेटमा बायर्नका किंग्सले कोमनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औँ मिनेटमा बायर्नका जमाल मुसियालाले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै बायर्नले १५ खेलबाट ३७ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित मेन्जको १५ खेलबाट २१ अंक छ र तालिकाको आठौं स्थानमा छ ।