आधारभूमि संवाददाता
काठमाडौं,२६ मङ्सि
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टीमा म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षकको रूपमा राल्फ रांगनिकको अपराजित सुरुवातलाई कायम राख्दै नर्विचमाथि जित हात पारेको छ।शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
नर्विच सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले विजयि गोल गरे।रोनाल्डोले दोस्रो हाफको ७५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्।
जितसंगै युनाईटेडले १६ खेलबाट २७ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लिएको छ ।पराजित नर्विच सिटीको १६ खेलबाट १० अंक छ र तालिकाको पुछारमा छ ।