neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजा

सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती बगलामुखी माईको पूजा

Dec 11th, 2021

काठमाडौं, मंसिर २५
सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गत अर्थात आज शनिवार विहान पूजाको शुभ–साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गर्नुभएको हो । बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेका थिए ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।