neapl investment mega bank
  • गृहपृष्ठ
  • कांग्रेस महाधिवेशनः कतिले गराए हाल सम्म उमेदवारी दर्ता?

कांग्रेस महाधिवेशनः कतिले गराए हाल सम्म उमेदवारी दर्ता?

Dec 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २५ मंसिर

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी १४ औं महाधिवेशनमा २ बजेसम्म सभापति, उपसभापति, सहमहामन्त्री लगायत पदमा उम्मदवारी दर्ता भएका छन् ।

सभापतिमा कल्याण गुरूङ, उपसभापतिमा महेश आचार्य, सहमहामन्त्रीमा बद्री पाण्डे (पिछडिएको क्षेत्र) फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेश चौधरी ( थारु) , मान बहादुर विश्वकर्माले दलितबाट उम्मेदवारी दर्ता गराएका हुन्।

यसैगरी १०० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरिएको छ। क्न्द्रीय सदस्यमा १३४ जना निर्वाचित हुने व्यवस्था छ । हालसम्म उम्मेदवारहरू कुनै प्यानलमा नभइ आफैंले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ भने ७देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र भोलि विहान ११ बजेसम्म्म फिर्ता लिन सकिने छ।