neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि कम्पनीको क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन समारोह

कृषि कम्पनीको क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन समारोह

Dec 11th, 2021

काठमाडौ, मंसिर २५
मुक्तिनाथ कृषि कम्पनी लि., बसुन्धराले शुक्रबार काठमान्डौले गण्डकी प्रदेशको पर्यटकिय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्र उदघाटन समारोह गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्धी तथा माननीय डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवि निवारण मन्त्रालयका माननीय मन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेल लगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसंग आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दे अध्यक्ष ढकालले भन्नुभयो, कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायिहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार सर्वप्रथम गण्डकि प्रदेशको लागि कास्की जिल्ला पोखरा महानगरपालीका स्थित नागढुबगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनी स्थलको स्थापना गरेका छौ ।

साथैगण्डकी प्रदेशभरका कृषकहरु तथा कृषि व्यवसायिहरु लाभान्भित हुने गरी स्थापना गरीएको उल्लेखित कार्यालय तथा कृषि प्रदर्शनि केन्द्र सहित कृषि उद्यमि परिचय पत्रलाई भव्य समारोह बिच उदघाटन गरी समग्र गण्डकि प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा नीजि क्षेत्रको संथागत अभियान शुरुवात भएको खबर प्रभाह गर्ने अभिप्राय सहित आजको कार्यक्रम आयोजना गरिएको हो, उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिव तथा वरीष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गरेका थिए । जसमा मुख्यतः कृषकसंग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको शुरुवात, एक स्थानिय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका थिए । त्यस्तै कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहतरुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।

विशिष्ट अतिथि चन्द्र बहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रुपमा गण्डकीबाट काम शुरु गरेकोमा धेरै धरै धन्यवाद दिदै प्रदेश मन्त्रालय नीजि क्षेत्रसंग समन्वय गर्नको लागि तयार रहको र नीजि क्षेत्रसंग समन्वय गर्नको लागि नीतिनियममा कठिनाई रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताउ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केहि चुनौतीहरु रहेको औल्याए । उनले भने यस कम्पनीको कार्यक्रमहरु सफलताको लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसंग जोडनुपर्ने र नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिनियमहरु बन्नुपर्नेमा जोड दिए । नेपालले पूर्वि एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसित मोडल तयार गरेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सकिनेमा जोड दिए ।

कार्यक्रम समापन गर्दे कम्पनीका अध्यक्ष ढकालले, कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेका भएपनि त्यसलाई चिरेर अगाडि बढ्नको लागि मुक्तिनाथ कृषि कम्पनी सक्षम हुने र त्यसको लागि कम्पनीले सोहि अनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिनुभयो । साथै कम्पनीले दोश्रो कार्यक्रमको रुपमा सोहि मितिमा तेश्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।