neapl investment mega bank
  • गृहपृष्ठ
  • अलफ्ट काठमाडौमा फुड फेस्टिभल ’फ्लेभर्स अफ कस्मिर’, भारतीय राजदूतले गरे उद्घाटन

अलफ्ट काठमाडौमा फुड फेस्टिभल ’फ्लेभर्स अफ कस्मिर’, भारतीय राजदूतले गरे उद्घाटन

Dec 11th, 2021

काठमाडौ, मंसिर २५
अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ’फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका छन् ।

भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए । टाटा मोटर्सद्वारा प्रायोजित फेस्टिभल अलफ्टमा १० दिन सम्म अर्थात् पुस ४ गते सम्म दैनिक साँझ साँढे छ बजे देखि साँढे दस बजे सम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीब्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।

फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध हुनेछ । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल–डे डाइनिङ ’नुक’ मा उपलब्ध हुनेछ ।
प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए । विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला–ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो । आउने दिनहरूमा हामी यसरी नै स्पेनिश, टर्किश लगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गरेका छौं,’ सिंहले बताए ।

अलफ्टको बारेमाः
विश्वभर २६ वटा देशमा अलफ्टको एक सय चालिस भन्दा बढि होटलहरू सञ्चालमा रहेको छ । नयाँ प्रविधि, संगित र नयाँ डिजाइन सहितको होटल अलफ्ट होटल क्षेत्रको एउटा नयाँ पुस्ता हो । जसले पाहुनाहरूको अनुभवलाई आनन्दित बनाउने काम गरिरहेको छ । अलफ्ट काठमाडौं, शान्ती हस्पिट्यालिटी म्यानेजमेन्ट सर्भिसेसद्धारा सञ्चालित छ । अलफ्ट होटलहरू मेरियट इन्टर्नेशनलकै एउटा छुट्टै ब्रान्ड हो । हस्पिट्यालिटिको क्षैत्रमा एउटा छुट्टै साम्राज्य खडा गरेको मेरियट इन्टरनेशनलको विश्वभर तिस भन्दा बढि ब्रान्डहरू र सात हजार भन्दा बढि होटलहरू रहेको छ ।