neapl investment mega bank

वाट्फोर्डमाथि ब्रेन्टफोर्डको जित

Dec 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२५ मङ्सि
इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जित पोन्टस जेन्सन र ब्रायन म्बेउर्नोले एक-एक गोल गरे ।वाट्फोर्डका इमानुएल बोनाभेन्चरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने वाट्फोर्डले लिएको थियो। खेलको २४ औँ मिनेटमा वाट्फोर्डका इमानुएल बोनाभेन्चरले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ८४ औँ मिनेटमा ब्रेन्टफोर्डका पोन्टस जेन्सनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि इन्जुरी समयमा ब्रायन म्बेउर्नोले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै ब्रेन्टफोर्डले १६ खेलबाट २० अंक जोडेको छ र नवौं स्थानमा छ। पराजित वाट्फोर्डको १६ खेलबाट १३ अंक छ र तालिकाको १७ औँ स्थानमा छ ।