आधारभूमि संवाददाता
काठमाडौँ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेस महाधविेशनको मञ्चबाट पूर्व प्रधानमन्त्री केपि ओली विरुद्ध खनिएका छन् । उनले जनताले ओलीको डर त्रासयुत्त शासनबाटट मुक्ति पाएको भन्दै देशलाइृ ओली मुक्त बनाउनुपर्ने वताएका छन् ।
साथै उनले अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको समेत दावी गरेका छन् ।नेपाली कांग्रेको १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।
उनले संवोधनको अधिक समय त ओलीको शासन विरुद्ध बोलेरै विताएका थिए । देउवाले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।
उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन आग्रह गरे ।