neapl investment mega bank
  • गृहपृष्ठ
  • मेक्सिकोमा सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु

मेक्सिकोमा सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु

Dec 10th, 2021

टक्स्टला गुटिरेज, मेक्सिको, २४ मङ्सिर, /रासस/एएफपी

मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो।प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन जसमध्ये तीनको अवस्था गम्भीर छ।

“अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्,” स्थानीय कार्यालयले जनाएको छ ।आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् ।”बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्,” लुइस म्यानुएल गार्सियाले भने।

चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् । साथै घाइतेहरू उपचारको पर्खाइमा छन् ।