neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिवस

त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिवस

Dec 10th, 2021

काठमाडौ, मंसिर २४
भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको हलमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइयो । त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारणू संकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागि अतिथीहरुले भ्रस्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरिएको हो ।

प्रा.डा.शिबराज अधिकारीले भ्रष्टाचार निवारण विषयमा प्रशिक्षण दिएका थिए । नेपाल सरकारका पुर्व सुचना आयुक्त कृष्णहरी बास्कोटा, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंघम, लगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य दिएका थिए । सम्पुर्ण वक्ताहरूले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरि भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए । ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारि मुलुकमा ११७ औँ स्थानमा रहेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारण बिभाग प्रमुख प्राध्यापक योगेश रंजितले गरेका थिए । आयोजकको तर्फबाट स्वागत मन्तव्य हरि बहादुर खत्रीले दिएका थिए त्यसैगरी उपस्थितहरुलाई धन्यवाद मन्तव्य सिर्जना अधिकारीले दिएका थिए । उक्त समारोहको उद्घोषण बिशाल गैरेले गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi