कामठमाडौ, मंसिर २४
लोकप्रिय भारतीय ओटिटी प्लेट फम अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिनेट प्रा. लि. सँग साझेदारी गरेको छ । नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेट प्रा.लि ले सुनिश्चित गर्नेछ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन सक्नेछन् ।
अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताहरुका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन यो भन्दा अगाडी धेरैको पहुचमा थिएन । टेलिनेट प्रा.लि अल्ट बालाजीको एक आधिकारिक –पुन विक्रेता हो । यसको माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरीज, चलचित्र र अन्य सामाग्रीहरुमा निरन्तर पहुँच पाउनेछन् ।
प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोवाइल, ल्यापटप, स्मार्ट टि.भी. र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँच वटा सम्म प्रोफाइल बनाउन सक्नेछन् । साथै, नेपाली प्रयोगकर्ताहरुले www.gfsarena.com/Altbalaji मा गएर ई–सेवा, खल्ती, आइएमई पे र सेल पे जस्ता डिजिटल वालेटहरु प्रयोग गरी सदस्यता लिन सक्नेछन् ।
टेलिनेटको प्रमुख कार्यकारी अधिकृत नभंकर सुद भन्नुहुन्छ, “मनोरञ्जनमा रमाउनेहरुको लागि ओटिटी प्लेटफर्म अहिलेको नयाँ लहर हो । विभिन्न व्यापार मोडलहरु मार्फत प्रयोगकर्ताहरुलाई मनोरञ्जनका सामाग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाल बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने अल्ट बालाजीले नेपालका दर्शकहरुका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ ।”
“टेलिनेट प्रा. लि. सँगको साझेदारी अल्ट बालाजीको लागि विश्वबजारमा आफ्नो उपस्थिति जनाउनको लागि महत्वपूर्ण कदम हो । अल्ट बालाजी आफ्नो प्लेटफर्मलाई सकेसम्म प्रयोगकर्ता–मैत्री बनाउन निरन्तर प्रयासरत छ र यो साझेदारीले हाम्रो ब्लक बस्टर सामाग्रीमार्फत थप दर्शकलाई आकर्षित गर्नेछ । साथै, पेमेन्ट गेटवेहरुसँगको दुईको टाइ–अपले पहिले सम्भव नभएको एक–क्लिक मै एक्टिभेशनको सुविधा प्रदान गर्दै यस प्लेटफर्मको पहुँचलाई अझ फराकिलो बनाउनेछ,” अल्ट बालाजीको बजार तथा राजस्वको एसभिपि दिव्या दिक्षीत थप्नुहुन्छ ।
८९ भन्दा धेरै भारतीय ब्लकबस्टर ओरिजिनल रहेको अल्ट बालाजीले दर्शकहरुलाई मनोरञ्जनको दैनिक खुराक प्रदान गर्दछ । दर्शकहरुको विविध स्वाद अनुसारको विभिन्न विधाका सामाग्रीहरु यस प्लेटफर्ममा हेर्न सकिने छ ।
टेलिनेटको बारेमा
रमेश कर्पको सहायक कम्पनी टेलिनेट प्रा. लि. एक स्थापित आइटी कम्पनी हो । यो कम्पनी नेपालमा टेलिकम अपरेटर, एप्लिकेसन डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, एमहेल्थ, एसएमएस र टेलिभोटिङ प्लेटफर्महरुका लागि थप परिष्कृत गर्ने कार्यमा संलग्न रहेको छ । रमेश कर्प उत्पादन, उपकरण, बैकिङ र बीमा, माइनिङ, जलविद्युत, आइटी, अटोमोबाइल र उपभोक्ता इलेक्ट्रोनिक्स जस्ता थुप्रै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको समूह हो ।