neapl investment mega bank
  • गृहपृष्ठ
  • वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठानमा पूर्वाञ्चल कै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ

वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठानमा पूर्वाञ्चल कै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ

Dec 10th, 2021

काठमाडौ, मंसिर २४
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आज शुक्रबारबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात गरेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो ।

उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर बिपी कोईराला इन्श्च्यिुट अफ हेल्थ साईन्स एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात एपबाटै टिकट काटेर आफुलाई आवश्यक पर्ने चिकित्सकसंग समय लिन सक्नेछन् ।

उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने बारे प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर शाह ढुक्क रहेकाछन । यो सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेईङतर्फको बिरामी नाम दर्ता समेत यथाशिघ्र संचालन गराउन वहाले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिएकाछन ।

उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस भनि प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।