neapl investment mega bank

देशभर तापक्रम घट्दै, सतर्क रहन अनुरोध

Dec 10th, 2021


आधारभूमि संवाददाता
काठमाडौ २४ मंसिर

काठमाडौं उपत्यकासहित मुलकभर चिसो हात्तै बढेको छ । हिजोदेखि देशभार न्यूनतम तापक्रम घट्न थालेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।
पछिल्लो पटक जुम्लामा ३.७, तथा जोमसोममा १ डिग्री सेल्सियस मापन गरिएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना रहेको छ।