neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बिकास खर्च गर्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ती, हुण्डी बढेको आशंका

बिकास खर्च गर्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ती, हुण्डी बढेको आशंका

Dec 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर २४

सरकारले बिकास निर्माणमा गर्नुपर्ने खर्च गर्न सकेको छैन । राज्यले संकलन गरेको रकम ढुकुटिमै थुप्रिदा बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि उद्यमी व्यवसायीले बैकबाट ऋण पाउन सकेका छैनन् । अर्थमन्त्री जनार्दन शर्माले सरकारले यसमा प्रयास गरिहेको भएपनि बढाउन नसकेको स्वाकारेका छन् ।

तरलता अभावको प्रमुख कारण यहि भएको बताउँदै शर्माले बिहीबार संघीय संसदको अर्थ समितिमा प्रत्येक महिना १० प्रतिशत खर्च गर्ने आफ्नो योजना कार्यान्वयनमा ल्याएर नै छाड्ने बताएका छन् । साथै सात प्रतिशतको आर्थिक बृद्धिकोे योजना पनि सफल पार्ने उनको दावी छ । आफुलाई अर्थशास्त्र नजानेको अर्थमन्त्रीका रुपमा टिप्पणी भइरहेको भन्दै उनले सबै बिद्धानहरुले कामै गर्छन् भन्ने निश्चीत नहुने बताए । पछिल्लो समय आयात बढ्दै गएकाले बिदेशी मुद्रा सञ्चिती घटेको छ । तर, रेमिट्यान्समा भने कमि आएको छ । हुण्डी बढेकाले रेमिट्यान्समा अपेक्षित बृद्धि गर्न नसकिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

उनि कार्यक्रमबाट बाहिरिएपछि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अलि बुझेर बोल्नुपर्ने भन्दै सुझाव दिएका थिए । साथै उनले सरकारलाई पुँजीगत खर्च गर्ने उपाय समेत सुझाएका छन् । सबै ठेक्कामा ३५ दिने सुचना आवश्यक नरहेको र साना खालका ठेक्काको छोटो अवधिको सुचना राख्न सके समयमै बिकास खर्च बढ्ने उनको तर्क छ ।

साथै बिकास निर्माणको लागि समयमै रकम खर्चन नसक्ने हो भने यसले बिदेशी मुद्रा सञ्चिती घटाएर बैदेशिक ऋणको सावा र भुक्तानीमा समस्या हुने र त्यसपछि बिकास निर्माण नै प्रभावित हुने तर्क अघि सारेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi