काठमाडौ, मंसिर २३
सामसङ नेपालले यस जाडो यामलाई लक्षितगर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यो योजना मंसिर १२ देखि पौष मसान्तसम्म वा स्टक रहून्जेलसम्मको लागि लागू हुनेछ ।
यो योजनामार्फत ग्राहकहरुले चुनिएका वासिङ्ग मेसिनहरुमा १७ प्रतिसतसम्मको छुट प्राप्तगर्न सक्नेछन । यस योजनाद्वारा सामसङ नेपालले नेपाली ग्राहकलाई जाडो याममा वासिङ्ग मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वाशिंग मेसिनलाई एआई कन्ट्रोलयुतm वाशिंग मेसिनसंग अपग्रेड गर्न प्रोत्साहन गरेको छ ।
यस योजनामा प्रदान गरिएका वासिङ्ग मेसिनहरु नविनतम प्रविधि, जस्तै ए आई कन्ट्रोल, इको बबल र हाइजिन् स्टीम प्रविधि छन् । यस अफरमा अरु प्राविधिका वासिङ्ग मेसिन जस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ्ग मेसिनहरु पनि उपलब्ध छन् । सामसङको नयाँ प्राविधिक वासिङ्ग मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउछ र हाइजिन् स्टीमले ९९ दसमलव नौ प्रतिसत किटाणुहरु मार्दछ । योजनामा समाबेस भएका केही वासिङ्ग मेसिनमा एड वास विधा छ जसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ । यस विशेषताले समय, पानी र ऊर्जा बचत गर्दछ । सामसङ नेपालले ग्राहकहरुलाई जाडो याममा लुगा धुन सजिलो होस् भनि यो योजनाको साथ् आशा गरेको छ । सामसङ वासिङ्ग मेसिनहरुमा एक वर्षको पूर्ण वारेन्टी र डिआइटि कम्प्रेसरमा १० वर्षको वारेन्टी हुनाको साथसाथै भिडिइद्वारा गरिएको परीक्षणमा २३ वर्षको दीर्घकालीन टिकाऊपना छ । वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवाको फाइदा पाऊनेछन ।
यो अफर सामसङ को आधिकारिक शो रुमहरुमा र सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेतामार्फत लागू गरिएको छ । विस्तृत जानकारी सामसङ नेपालको फेसबुक पेज वा इन्स्टाग्रामबाट पनि प्राप्त गर्न सकिन्छ । सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ र सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीे सुविधा पनि रहेको छ ।