आधारभूमि संवाददता
काठमाडौँ २३ मंसिर
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पेस गरिने प्रस्तावहरु पारित भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आज राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको हो ।
नेता महेन्द्र यादवका अनुसार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबार शुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको हो ।
काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । सो महाधिवेशनमा पेश गर्ने प्रस्तावबारे छलफल गर्न वर्तामा कार्यसमितिको अन्तीम बैठक आज बसेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिष्कार गरेका थिए ।