neapl investment mega bank
  • गृहपृष्ठ
  • महामारीकै बिच रोजगारी बढ्यो, कम्पनीहरुको कर्मचारी खर्च बढ्दै

महामारीकै बिच रोजगारी बढ्यो, कम्पनीहरुको कर्मचारी खर्च बढ्दै

Dec 9th, 2021

आधारभूमि संवाददता

काठमाडौं,मंसिर २३

महामारीकै बिचमा रोजगारीमा बृद्धि भएको देखिएको छ। अर्थतन्त्र पुरानै लयमा फर्कन खोज्दै गर्दा रोजगारीमा बृद्धि भएको देखिएको हो । रोजगारीमा भएको बृद्धिका कारण कम्पनीको कर्मचारी खर्चमा भने बृद्धि भएको छ।

२०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग तथा व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उद्योग तथा व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग तथा व्यवसायहरुको औसत तलब— ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको हो ।

अन्य क्षेत्रमा २०७७ असारको तुलनामा उद्योग तथा व्यवसायहरुको उत्पादन र कारोबारको अवस्थामा सुधार आएको छ ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन र कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ ।

त्यस्तै कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग तथा व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ

त्यसैगरि २०७७ असारमा ४.१ प्रतिशत उद्योगतथा व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।