आधारभूमि संवाददता
काठमाडौ २३ मंसिर
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी लगभाग पूरा भएको छ । भोलिदेखि शुरु हुने महाधिवेशनको लागि मञ्च निर्माण तथा अन्य प्रचार प्रसारको तिव्र भएको छ । महाधिवेशनका काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ ।
शुक्रबार हुने उद्घाटन सत्रका लागि करिब २५० देखि ३०० सय जना बस्न मिल्ने मञ्च तयार भइरहेको छ । जसका लागि काँग्रेसले ३५ देखि ४० लाख खर्च हुने अनुमान गरेको छ ।
मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार विभाग संयोजक तथा काठमाडौं जिल्ला सचिव गोविन्द कम्पनीकाअनुसार बुधबार साँझसम्ममा मञ्च निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
भृकुटीमण्डप लगायत आसपासका क्षेत्रमा काँग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा टाँगेर चुनावी माहोल बनाइरहेको छ भने महाधिवेशन स्थलमा मञ्च निर्माणमा पनि पार्टी पंक्ति जुटेको छ ।
बुधबार साँझ सम्ममा भृकुटीमण्डपको प्रमुख गेट महाधिवेशन केन्द्रीत प्रचार–प्रसारका ब्यानरले भरिभराउ छन् । चुनावको लािग पदाधिकारी दुवै पक्षबाट तयार भएका छैनन् । तर कार्यकर्ताले प्रचार भने व्यापक गरेका छन् ।
कांग्रेसले मतदान विद्युतियबाट मेसिनबाट नभइ मौतिक उपस्थिितबाट गर्ने तयारी गरेको छ । भोट हाल्नको लागि मञ्च तीन लाइनमा बस्न मिल्ने गरि तयार गरिएको छ ।
मञ्चको पहिलो तहमा साँस्कृतिक टोलीले आफ्नो प्रस्तुति दिन सक्नेछ । दोस्रो तहमा काँग्रेससहित अन्य पार्टीका शीर्ष नेता र विदेशी अतिथि र अन्तिम वा माथिल्लो तहमा काँग्रेसका केन्द्रिय पदाधिकारी र अन्य पदाधिकारी बस्न मिल्ने गरि व्यवस्थापन गरिएको छ ।