आधारभूमि संवाददाता
काठमाडौं,मंसिर २३
युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा युभेन्ट्सले माल्मोलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मोइस किनले विजयि गोल गरे।मोइस किनले खेलको १८ औं मिनेटमा गोल गरेका हुन्।
जितसंगै युभेन्ट्सले छ खेलबाट १५ अंक जोड्यो र समूह ‘एच’ को विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।पराजित माल्मो च्याम्पियन्स लिगबाट बाहिरियो ।माल्मोले छ खेलबाट १ अंक जोडेर पुछारमा रह्यो ।चेल्सी समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।चेल्सीले छ खेलबाट १३ अंक जोड्यो ।