आधारभूमि संवाददाता
काठमाडौं,मंसिर २३
म्यानचेस्टर युनाईटेड समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा युनाईटेड स्विस क्लब योङ बोइजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ओल्ड ट्राफोर्डमा युनाईटेडका मेसन ग्रीनउडले एक गोल गरे भने योङ बोइजका फाबियन राइडरले एक गोल गरे ।
खेलमा पहिलो अग्रता भने युनाईटेडले लिएको थियो। खेलको नवौं मिनेटमा ग्रीनउडले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ४२ औँ मिनेटमा योङ बोइजका फाबियन राइडरले गोल गर्दै खेल बराबरीमा फर्काए ।
बराबरीमा रोकिएपनि युनाईटेड समूह ‘एफ’ को समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।युनाईटेडले छ खेलबाट ११ अंक जोड्यो ।योङ बोइज च्याम्पियन्स लिगबाट बाहिरि छ ।योङ बोइजले ६ खेलबाट पाँच अंक जोड्यो र समूहको पुछारमा रह्यो ।भिल्ला रियल समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।भिल्ला रियलले पाँच खेलबाट सातअंक जोड्यो ।