आधारभूमि संवाददाता
काठमाडौं,मंसिर २३
बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।घरेलु मैदानमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई ३-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा बायर्न म्युनिखलाई जित दिलाउन थोमस मुलर,लेरो साने र जमाल मुसिआलाले एक-एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ४३ औं मिनेटमा लेरो सानेले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।
दोस्रो हाफको ६२ औँ मिनेटमा जमाल मुसिआलाले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।
जितसंगै बायर्न म्युनिखले छ खेलबाट १८ अंक जोड्यो छ र समूह ‘ई’ को समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।बार्सिलोनाले ६ खेलबाट सात अंक जोड्यो । बेन्फिका समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । बेन्फिकाले ६ खेलबाट आठ अंक जोड्यो ।