neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट फ्रीज हुन नदिन मन्त्री अथकको निर्देशन

बजेट फ्रीज हुन नदिन मन्त्री अथकको निर्देशन

Dec 8th, 2021

काठमाडौ, मंसिर २२
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएकाछन ।

बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन । बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराए ।

करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएकाछन । कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने बताए ।

त्यसक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिने काम भएको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन । यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरुसँग छलफल गरेका थिए । राष्ट्रिय युवा परिषदको कार्यक्रममा सहभागी हुन बाँके पुग्नुभएका मन्त्री अथक आज काठमाण्डौं फर्किएकाछन ।