काठमाडौ, मंसिर २२
देशको निर्जिवन बीमा बजारमा अनवरत सेवा पु¥याउदै आएको रजतबर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडको ज्ञानेश्वर, काठमाडौं स्थित नवनिर्मित केन्द्रीय कार्यालय “बीमाभवन” को बीमा समितिका अध्यक्ष सूूर्यप्रसाद सिलवालले समुद्घाटन गरेकाछन ।
कम्पनीको नवनिर्मित भवन ग्राहकहरुको सेवाको लागि नै निर्माण भएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायीत्व र ग्राहकहरुको विश्वासको प्रतिक हो भन्ने कम्पनीको ठम्याई छ । कम्पनीले आप्mनो नवनिर्मित आधुुनिक भवनबाट ग्राहकहरुको सेवामा अभैm समर्पित भै लाग्ने र सोहीअनुुरुप ग्राहकहरुबाट सदा भैंm सद्भाव एवं विश्वास प्राप्त गरी रहने समेत अपेक्षा गरेको छ ।
उद्घाटन समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले नेको इन्सुरेन्सको आप्mनो भवन निर्माण हुुनुु कम्पनीको सबल पक्ष हो भन्दै कम्पनीले ग्राहकहरुको विश्वास जित्न सफल हुुने विचार ब्यक्त गरे । सो अवसरमा उनले बीमितहरुलाई छिटो छरितो सेवा पुु¥याउन समेत निर्देशन दिए ।
सो समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं ब्यवसायी डा. उपेन्द्र महतोले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अशोक कुुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन संचालक समितिका अध्यक्ष रोहित कुुमार भटृराईले गरेका थिए ।