neapl investment mega bank
  • गृहपृष्ठ
  • बंगलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड

बंगलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्ड

Dec 8th, 2021

ढाका,२२ मङ्सिर /रासस/ एएफपी

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय स्ुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताउनु भएको छ

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनु भएको छ ।