neapl investment mega bank

समूह चरणको अन्तिम खेलमा सिटी पराजित

Dec 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर २२
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा आरबी लाइपजिगसँग हार व्यहोरेको छ ।मंगलबार राति भएको खेलमा आरबी लाइपजिगले म्यानचेस्टर सिटीलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा आरबी लाइपजिगलाई जित दिलाउन डोमिनिक स्जोबोस्ज्लै र एन्ड्रे सिल्भाले एक-एक गोल गरे ।सिटीका रियाद महरेजले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा डोमिनिक स्जोबोस्ज्लैले गोल गर्दे लाइपजिगलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७१ औँ मिनेटमा एन्ड्रे सिल्भाले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।

खेलको ७६ औँ मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याएका थिए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लाइपजिगले जित निकालेको हो ।

खेलको ८२ औँ मिनेटमा सिटी १० खेलाडीमा समेटिएको थियो ।सिटीका काइल वाकरले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

पराजित पछि पनि सिटी यस अघिनै समूह ‘ए’ को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।सिटीले ६ खेलबाट १२ अंक जोड्यो ।लाइपजिगले ६ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।