आधारभूमि संवाददाता
काठमाडौं,मंसिर २२
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस र मार्को एसेन्सियोले एक-एक गोल गरे ।
खेलको १७ औं मिनेटमा टोनी क्रुसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६४ औँ मिनेटमा इन्टर मिलान १० खेलाडीमा समेटिएको थियो ।इन्टर मिलानका निकोलो बारेलाले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा रियलले उठायो ।
खेलको ७९ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसंगै रियल मड्रिडले छ खेलबाट १५ अंक जोडेको छ र समूह डी को विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।पराजित इन्टर मिलान पनि समूह उपविजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।