neapl investment mega bank
  • गृहपृष्ठ
  • पीएसजी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश ,एमबाप्पेको कीर्तिमान

पीएसजी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश ,एमबाप्पेको कीर्तिमान

Dec 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर २२
च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पीएसजीले क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

समूह चरणको अन्तिम खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र लिओनेल मेस्सीले एक-एक गोल गरे।क्लब ब्रुग्सका म्याट रिट्सले एक गोल गरे।

खेलको दोस्रो र सातौं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई २-० ले अघि बढाएका थिए ।यससँगै केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए ।एमबाप्पेले च्याम्पियन्स लिगमा अहिलेसम्म ३१ गोल ​​गरिसकेका छन्।

खेलको ३८ औँ मिनेटमा लिओनेल मेस्सीलेले गोल गर्दै पीएसजीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६८ औँ मिनेटमा क्लब ब्रुग्सका म्याट रिट्सले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

तर,खेलको ७६ औँ मिनेटमा लिओनेल मेस्सीलेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै पीएसजीले छ खेलबाट ११ अंक जोडेको छ र समूह ‘ए’ को उपविजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।म्यानचेस्टर सिटी यस अघिनै समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।