neapl investment mega bank
  • गृहपृष्ठ
  • वेस्टर्न् युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा ,मस्तकला नेपाली बि.क. ले जितिन् पाँच लाख रुपैयाँ नगद

वेस्टर्न् युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा ,मस्तकला नेपाली बि.क. ले जितिन् पाँच लाख रुपैयाँ नगद

Dec 7th, 2021

काठमाडौ, मंसिर २१
अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ। मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुश्री मस्तकला नेपाली बि.क.विजेता घोषित भएकि हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकि थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख श्री सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख श्री शंकर के.सि.ज्युले संयुक्तरुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज एक देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच जना भाग्यशाली विजेताहरुले २० हजार रुपैयाँ पनि जितिसकेकाछन् । नेपालमा रहेका वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले भन्नुभयो, “यो क्यास उत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”