neapl investment mega bank

आर्सनलमाथि एभर्टनको जित

Dec 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२१ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा एभर्टनले आर्सनललाई २–१ गोलले पराजित गरेको हो ।

गुडिसन पार्कमा एभर्टनलाई जित रिचार्लिसन र डेमराइ ग्रे ले एक-एक गोल गरे ।आर्सनलका मार्टिन ओडेगार्डले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता भने आर्सनलले लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ७९ औँ मिनेटमा एभर्टनका रिचार्लिसनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेमराइ ग्रे ले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ र १२ औँ स्थानमा छ। हारपछि पनि आर्सनलको २३ अंक छ र तालिकाको सातौं स्थानमा छ ।