काठमाडौ, मंसिर २०
विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
“संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ ।” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । साथै उनले नपालमा मेटलाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरे भने कम्पनीलाई ग्राहकहरु प्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरे । यसरी मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमा अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।
विगत २० वर्षमा मेटलाइफ नेपालले रु २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४०,००० भन्दा बढी पेशाको श्रृजना, रु २,००० करोडको जीवन बीमा कोष तथा रु २७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ ।