neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जेनोआमाथि युभेन्ट्सको सहज जित

Dec 6th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसर २०
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन जुआन कुएड्राडो र पाउलो डिबालाले एक-एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा जुआन कुएड्राडोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ८२ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्सले १६ खेलबाट २७ अंक जोडेको छ र पाँचौं स्थानमा उक्लिएको छ । पराजित जेनोआको १६ खेलबाट १० अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi