neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

Dec 6th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसर २०
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन लुकास मोउरा,डेभिन्सन सान्चेज र सन ह्युङ मिनले एक-एक गोल गरे ।

खेलको १० औँ मिनेटमा लुकास मोउराको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो ।

दोस्रो हाफको ६७ औँ मिनेटमा डेभिन्सन सान्चेजले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै टोटनह्यामले १४ खेलबाट २५ अंक जोडेको छ र पाँचौं स्थानमा छ । पराजित नर्विच सिटीको १५ खेलबाट १० अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi