ललितपुर, मंसिर १९
शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलिमा भएको रक्तदान कार्यक्रममा २० जना महिला रक्तादाता सहित ६० जना रक्तदाताले रक्तदान गरेका छन ।
ब्लोदान जिल्ला साखा ललितपुर , प्रसुती गृह थापाथली र अन्य सस्थाको सहकार्यमा अयोजना गरिएको रक्तदान कार्यक्रममा महिला रक्तदाताको उल्लेख्य सहभागिता रहेको जानकारी ब्लोदान ललितपुरका सदस्य तुलसा श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान जिबनदान नाराका साथ रगत अभाव हुन नदिने उदेश्यले विभिन्न स्थान मा रक्तदान कार्यक्रम भैरहेको र उत्साहजनक उपस्थिती रहेको जानकारी दिदै बिभन्न अस्पताल जहाँ ब्लड बैंकको सुबिधा अपरिहार्य छ त्यस्ता अस्पतालले ब्लड बैंकको पहल गर्नुहुन प्रसुती गृहका प्रतिनिधि पर्सुराम दाहाल ले सुझाब दिनुहुदै हरेक स्थानमा रक्तदान कार्यक्रम गर्न अनुरोध गर्नुभएको छ ।