neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Dec 5th, 2021

काठमाडौं, मंसिर १९
नेपाल बैंकले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैकका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिवारका दिन हिमालय मा.वि.खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।

पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए । बिशिष्ट अतिथिकोरुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनय केशरी पौड्याल, नेपाल बैंक मार्केटिङ् तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिव ३०० भन्दा बढी स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका मेयर न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेकोमा नेपाल बैंकलाई हार्दिक धन्यबाद ज्ञापन गरेका थिए । साथै त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयां कार्यक्रमहरु संचालन गर्दे जाने विश्वास पनि उनले व्यक्त गरे ।

त्यसैगरी नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउदै त्यस क्षेत्रका ग्राहकहरुले नेपाल बैकप्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।

बरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाश कुमार अधिकारी, बाग्मती प्रादेशिक कार्यालय प्रमुख विनयकेशरी पौड्याल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफ्नो बिचार ब्यक्त गरेको उक्त कार्यक्रममा बैंकका मार्केटिङ् तथा अनुुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले डिजिटल बैंकीङ्को आवश्यकता, महत्व एवं यसका जोखिमहरुको बारेमा प्रकाश पारेका थिए ।