neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चार जना पत्रकारहरु सम्मानित

Dec 5th, 2021

काठमाडौ, मंसिर १९
लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेका चार जना पत्रकारहरुलाई नेवाः पत्रकार राष्ट्रिय दबूले पुरस्कृत गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको नवौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा रहेर नेपालभाषा र पत्रकारीताको क्षेत्रमा दिएको योगदानको सम्मान गर्दै चार जनालाई विभिन्न पुरस्कार दिएको हो ।

सो अवसरमा २० हजार रुपैयाँ राशीको पोखराका पत्रकार उदयबहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, १५ हजार राशीको कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई ज्ञानदेवी–मणिरत्न स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो । त्यसैगरी १२ हजार रुपैयाँ राशी रहेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार बोधि टेलिभिजनका पत्रकार विमला शाक्य र १० हजार रुपैया राशी रहेको बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटो पत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरियो ।

उनीहरुलाई नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले दोसल्ला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो । साथै धर्मादित्य धर्माचार्यको मुर्तीका निर्माता मनोज शाक्यलाई दोसल्ला ओढाएर सम्मान गरियो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताए । उनले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिए ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्कृति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गरे ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो सभामा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्नेमा जोड दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi