काठमाडौ, मंसिर १९
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।
यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजारको सहयोग गरेको छ । यससाथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले १० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।
यो सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।