neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना बिमाको रकम अन्यौलमा , अर्थमन्त्रालय रकम ब्यहोर्न आलटाल गर्दै

कोरोना बिमाको रकम अन्यौलमा , अर्थमन्त्रालय रकम ब्यहोर्न आलटाल गर्दै

Dec 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर १९

कोरोना बिमा बापतको रकम आउने कुनै निश्चीत देखिदैन । रकम भुक्तान गर्ने जिम्मा पाएको अर्थमन्त्रालयसँग यो रकम कहिले भुक्तान हुन्छ भन्नेमा प्रष्ट जवाफ छैन ।

यसले बिमा क्षेत्रमै संकट निम्त्याउने देखिएको छ । बिमा कम्पनी, बिमा समिति र पुनर्बिमा कम्पनीले ब्यहोर्न नसकेको रकम सरकारले ब्यहोर्ने बाचा गरेको थियो । तर, अहिले यसमा सरकार सकारात्मक देखिएको छैन ।

झन्डै १२ अर्ब बराबरको रकम कहाँबाट दिने भन्नेमा सरकार अन्यौलमा परेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रितेश कुमार श्रेष्ठ भन्छन् ‘ यो रकम भुक्तान गर्ने हो तर, के कसरी रकम भुक्तान गर्ने भनेर मोडालिटि खोज्दैछौ ।

बिमा समितिले रकम माग गरेपनि कसरी भुक्तान गर्ने भनेर मोडालिटि पेश नगरेकाले रकम भुक्तानमा अप्ठ्यारो परेको मन्त्रालय बताउँछ।

अर्थमन्त्रालयले समयमै कोरोना बिमितको रकम भुक्तानी नगर्दा यसले बिमा क्षेत्रको बिश्वसनियतामाथि नै प्रश्न उठाएको छ।

अर्थमन्त्रालयले दिनुपर्ने यस्तो रकमको लागि अहिलेसम्म कुनै प्रक्रियाँ नै अघि बढेको छैन । कोरोेना बिमाको रकम भुक्तान गर्नका लागि बिमा कम्पनीहरुले बनाएको कोषमा सरकारले समयमै रकम पठाउने छाटकाट देखाएको छैन ।

कोरोनाको अहिले तेस्रो लहर फैलिने भय हुँदैन । तर, पहिलो लहरमा नै संक्रमित भएका कैयनले अहिलेसम्म कोरोन बिमा बापतको दाबी रकम पाउन सकेका छैनन् ।

कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिले भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट भुक्तान गरेको रकम हो ।

यसबाहेकको रकम भने अहिले बिमा कम्पनीहरुले आफ्नो कोषबाट कोरोना बिमा बापतको दाबी भुक्तान गरेका छन् । अर्थमन्त्रालयले रकम दिएसँगै सोधभर्ना गर्नेगरि उनिहरुले अहिले आफ्नो कोषबाट दाबी बापतको रकम भुक्तान गरेका हुन् । यता अर्थमन्त्रालयमा भने यो रकम भुक्तानका लागि अहिलेसम्म प्रक्रिया अघि नबढाई मोडालिटिको अभाव देखाएर समय लम्ब्याउन खोज्दैछ ।