neapl investment mega bank

डर्टमण्डमाथि बायर्नको जित

Dec 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१९ मङ्सिर
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने सर्ज गनब्र्य र किंग्सले कोमनले एक गोल गरे।डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिंग हालान्डले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता भने डर्टमण्डले लिएको थियो। खेलको पाँचौं मिनेटमा डर्टमण्डका जुलियन ब्रान्डले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको नवौं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४४ औँ मिनेटमा बायर्नका किंग्सले कोमनले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, खेलको ४८ औँ मिनेटमा डर्टमण्डका एर्लिंग हालान्डले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७७ औँ मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै बायर्नले १४ खेलबाट ३४ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित डर्टमण्डको १४ खेलबाट ३० अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।