neapl investment mega bank
  • गृहपृष्ठ
  • चेल्सी वेस्ट ह्यामसंग घरेलु मैदानमा पराजित

चेल्सी वेस्ट ह्यामसंग घरेलु मैदानमा पराजित

Dec 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१९ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले चेल्सीमाथि जित निकालेको छ।शनिबार भएको खेलमा वेस्ट ह्यामले चेल्सीलाई उसकै घरेलु मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन म्यानुअल लान्जिनी,जारोड बोवेन र आर्थर मासुकुले एक-एक गोल गरे ।चेल्सीका थियागो सिल्भा र मेसन माउन्टले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो। खेलको २८ औं मिनेटमा चेल्सीका थियागो सिल्भाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ४० औँ मिनेटमा वेस्ट ह्यामका म्यानुअल लान्जिनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४४ औँ मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, खेलको ५६ औँ मिनेटमा वेस्ट ह्यामका जारोड बोवेनले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा वेस्ट ह्यामका आर्थर मासुकुले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै वेस्ट ह्यामले १५ खेलबाट २७ अंक जोडेको छ र चौंथो स्थानमा छ । चेल्सीको १५ खेलबाट ३३ अंक छ र तेस्रो स्थानमा छ ।