neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा निम्न चापीय प्रणाली सक्रिय, भारी हिमपातको संभावना

नेपालमा निम्न चापीय प्रणाली सक्रिय, भारी हिमपातको संभावना

Dec 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौ १९ मंसिर

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले
बंगालको खाडीमा रहेको ‘जवाद’ चक्रवात कमजोर बनेको छ ।

जसको कारण निम्न चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव नेपालको पुर्वी भूभागमा आंशिक देखिएको छ ।

आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने महाशाखाको अनुमान छ।