आधारभूमि संवाददाता
काठमाडौ , १९ मंसिर
राप्रपाको महाधिवेशनमा अध्यक्षमा कमल थापालाई हारको सामना गर्नुपरेको छ । भर्खरै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनलाई लिंदेनले २२७ मतले पछि पारेका छन् ।
पराजित थापाले १६१७ मत ल्याएका छन् । आज बिहान सकिएको लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मतका साथ विजयी भएका छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने रातभर मतगणना भएको थियो ।